मेलम्चीको ठेक्का रद्द गर्न एडीबी सकारात्मक

प्रकाशित मिति:

काठमाडौं- मेलम्ची खानेपानी आयोजनको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले इटालियन ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द गर्न ‘ग्रिन सिग्नल’ दिएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, मेलम्ची खानेपानी विकास समिति र एडीबीका प्रतिनिधिबीच भएको द्विपक्षीय छलफलमा सीएमसीसँग सम्झौता रद्द गरेर आयोजनाको सबै काम सहायक ठेकदार कम्पनीमार्फत् गर्ने सहमति भएको हो ।

इटालियन कम्पनी सीएमसीका प्रतिनिधिहरु क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै भागेपछि समितिले ठेक्का प्रक्रिया रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।