चिनमा घट्यो मातृ तथा शिशु मृत्युदर

प्रकाशित मिति:

चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८.३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९.६ थियो । बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६.१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६.८ थियो ।यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८.४ को मृत्यु हुने गरेको छ । सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९।१ थियो ।

आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताउनुभयो । साथै, गम्भीर बिरामी नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उहाँले बताउनुभयो ।