सिन्धुलीमा ८८ वटा पशुलाई सुत्केरी भत्ता

प्रकाशित मिति:

काठमाडौं-सिन्धुलीको कमलामाई नगरपालिकाले दुई महिनामा ८८ वटा सुत्केरी पशुहरुलाई भत्ता दिएको छ मंसिर र पुसमा संकलन भएका निवदेनका आधारमा नगरपालिकाले ८८ वटा सुत्केरी पशुहरुलाई एक हजार रुपैयाँका दरले ८८ हजार रुपैयाँ सुत्केरी भत्ता वितरण गरिएको जनाएको छ।

नगरपालिकाले मंसिर १ देखि सुत्केरी पशु विवरणसहितको निवेदन सुरू गरेको थियो। जसमा ८८ वटा सुत्केरी पशुमध्ये ४७ गाई र ४१ वटा भैँसी रहेको नगरपालिकाका पशु विकाश शाखा प्रमुखले जानकारी दिएका छन्। वडा नम्बर ४, ५, ६, ७ र ११ का किसानहरुले पशु सुत्केरी भत्ता लिएका छन्। नगर क्षेत्रमा दूध उत्पादन बढाउन सुत्केरी गाई भैँसीलाई भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले बताएको छ ।