नाडाल सेमिफाइनलमा

प्रकाशित मिति:

एजेन्सी \  दोस्रो बरियताका स्पेनी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्बार्टरफाइनलमा अमेरिकी फ्रान्सीस टीफोईलाई ६–३, ६–४ र ६–२ को सोझो सेटले हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् । अर्को खेलमा ग्रीसका स्टेफानोस सिटसीपासले स्पेनी रोर्बटो बाउटिस्टालाई ३–१ को सेटले हराउदै अन्तिम चारको यात्रा तय गरे । महिला एकलतर्फ अमेरिकी सेरेना विलिएम्स क्वार्टरफाइलनबाटै बाहिरिएकी छन् ।

सेरेना, चेक रिपब्लिककी क्यारोलिना लिस्कोभासँग २–१ को सेटमा पराजित भईन् । पहिलो सेट ४–६ ले गुमाएपनि दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारेकी पूर्व वल्र्ड नम्बर वान सेरेनाले अन्तिम सेट भने ५–७ ले सातौं वरियाताकी लिस्कोभालाई सुम्पिएकी थिईन् । ५–१ ले पछि परेको स्थिति उल्ट्याउदै लिस्कोभाले निर्णायक सेट आफ्नो पक्षमा पारेकी हुन् । लिस्कोभासँग यो उनको लगातार छैठौं हार हो । लिस्कोभाको भेट सेमिफाइलनमा जापानी नाओमी ओसाकासँग हुनेछ । नाओमी युक्रेनी एलिना भित्तोलिनामाथि ६–४ र ६–१ को सहज जित निकाल्दै सेमिफाइनल पुगेकी हुन् । अर्को सेमिफाइनलमा चेक रिपब्लिकन पेट्रा भिटोभा र अमेरिकी डानिल्ली रोजबीच प्रतिस्पर्धा हुनेछ । भिटोभाले अष्ट्रेलियन एस्लेईघ बर्टीलाई २–० र रोजले रुसकी आनास्तासीया पाब्लुचेन्कोभालाई २–१ को सेटले पराजित गरेका हुन् ।