लागूऔषधसहित चारजना पक्राउ

प्रकाशित मिति:

काठमाडौं । प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका२५ बाङगेमुढाबाट एक हजार ४५ एम्पुल, एक हजार २२५ ट्याब्लेट र ५०० ग्राम गाजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका(६ का ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापा मगर , सिन्धुपाल्चोक चाकु मार्तिवाङ(९ का २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।

उनीहरूका साथबाट नेर्फिन ३४९ एम्पुल, फेनारागन ३४८ एम्पुल, डाइजाल्याप(१ तीन सय ४८ एम्पुल, नाइट्राभेट(१० ट्याब्लेट एकहजार ६५, नाईट्रोसन(१० ट्याब्लेट १६० वटा, ५०० ग्राम गाजा र नगद १४ हजार र १२ वटा मोवाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।