बसको ठक्करबाट १ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ / बसको ठक्कर १ जनाको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जादै गरेको बा ४ख ९३९० नं को बसले सिर्जनानगरमा सोहि बसबाट झरेकी महिला यात्रुलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको छ ।

घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरकाले जनाएको छ