एनआरएनए युएईको आयोजनामा रमाईलो ल्होसार साँझ आयोजना हुने

९ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


युएई/“नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको कुरा सर्वविदितै छ। सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ ( २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका चिरपरिचित कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ ।

अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचाल, नृत्यगंना नेमिका गुरूंग, पुजा रेग्मि,अर्मिला लोप्चन, सौभाग्य पौडेल र अस्मीता गिरीको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयोजक उज्वल दाहालले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया