छोराले बाबुको हत्या गरेपछी …

प्रकाशित मिति:

झापा – झापाको दमकमा छोराको कुटपिटबाट बावुको मृत्यु भएको छ । दमक वडा न  १ स्थित फाल्गुनन्द चोक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने बिच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपिटबाट ५८ बर्षीय बावु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरायसी विवादमा १८ बर्षीय राजनले बुबा राजनमाथि एक्कासी कुटपिट गरेका थिए । कुटपिटबाट बुबाको छाती र टाउकोमा चोट लागेको थियो ।

कुटपिटबाट गंभीर घाईते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजादाँ बाटोमा मृत्यु भएको इप्रका दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए । कुटपिटबाट मृत्यु भएको अभियोगमा छोरालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रनाउ सुब्बाले वताए ।