नयां शक्ति पार्टी रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझायो

९ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
25 Shares


भैरहवा/ भैरहवामा पयाप्त सरकारी भवन हुँदाहुँदै प्रदेश सरकारले विभिन्न कार्यालयहरु बुटवल र तिलोत्तमा नगरपालिका भित्र भाडाका भवनमा स्थानान्तरण गर्नु न्यायोचित नभएको भन्दै नयां शक्ति पार्टी नेपाल रुपन्देहीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर मार्फत् मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । पार्टी सिद्धार्थनगर कमिटी अध्यक्ष शोभाकान्त नेपाल नेतृत्वको टोलीले भैरहवामा भवनहरु खाली हुँदाहुँदै मासिक लाखौं रुपैयाँ भाडा तिरेर कार्यालय सार्नु संघीयताको मर्म विपरीत भएको जनाएको छ ।
गएको असोज ६ गते प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशानलय भैरहवाको बर्मेली टोलमा रहेको साविक कृषि विकास कार्यालयको भवनमा उद्घाटन गरिएको थियो

। मन्त्री आरती पौडेल, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा स्थापना गरिएको निर्देशानलय तीन महिना नपुग्दै तिलोत्तमा नगरपालिका वडानम्बर २ र ३ मा भाडाको भवनमा सारिएको छ ।भैरहवामा सरकारी स्वामित्वका धेरै भवनहरु छन् । तर, राजनीतिक स्वार्थ र दाउपेचमा यहाँबाट स्थानान्तरण गरी भाडाको भवनमा राखिएको छ, अध्यक्ष नेपालले भने, कार्यालय पूर्ववत स्थानमा संचालनमा नल्याए हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।

उनले सरकारीस्तरबाट गरिएका यस्ता क्रियाकलापले संघीयताप्रति नै आम जनमानसमा वितृष्णा आएको जनाए ।पार्टीले साविक कृषि विकास कार्यालयको स्वामित्वमा २ कठ्ठा जग्गामा ३ तल्ले कार्यालय भवन, ४ कठ्ठामा ४ वटा आवास भवन, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको स्वामित्वमा ५२ विगाहा क्षेत्रफलमा १५ भवन, जिल्ला पशुसेवाको १९ कठ्ठा जग्गामा ५ भवन, पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा २ वटा भवन, क्वारेन्टाइन कार्यालयको २ वटा भवन, मत्स्य विकास केन्द्रको २३ हेक्टर जमिनमा १५ भवन, साविक जिल्ला डिमिजन शसकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन खाली हुँदाहुँदै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकै संलग्नतामा षड्यन्त्रपूर्वक र आर्थिक लाभका लागि कृषि निर्देशनालय र पशुपंक्षी तथा मत्स्य निर्देशनालय तिलोत्तमा नगरपालिकामा निजी भवनमा भाडामा राखिएको भन्दै भत्र्सना गरेको छ ।माघ १५ गतेभित्र माग पुरा नभए चरणबद्ध संघर्षका कार्यक्रम गर्ने पार्टीले जनाएको छ । पार्टीका जिल्ला संयोजक किस्मत विकले भैरहवाको अस्तित्व नै मेटाउने गरी प्रदेश सरकारबाट भएको निर्णयविरुद्ध एक हुन स्थानीयबासीलाई अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया