रूष्लानको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टिमका पारस, ज्ञानेन्द्र र शरद नियुक्त

प्रकाशित मिति:

काठमाडौ -नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले राष्ट्रिय क्रिकेट टिमा कप्नान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सिनियर खेलाडी शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । एक वर्षको लागि गरिएको उक्त सम्झौताबाट मुलतःप्रथमिकतहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने बताइएको छ ।

‘पारस, ज्ञानेन्द्र र शरदलाइ रुस्लान सँग जोड्न पाएकोमा निकै खुसि छौ । खेलकुद क्षेत्रमा ठुलो योगदान दिइ नेपाललाइ विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा बिस्वस्त रहेकाछौँ’ जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए । नेपालकै मुख्य खेलहरु फुटबल र क्रिकेट – संग रुस्लानले लामो समय देखि सहकार्य गर्दै आएको र भविस्यमायी खेलहरुलाइअझै विकास गर्न रुस्लानले पूर्ण समथर्न गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप कार्यकारी निर्देशकशशिन जोशीले सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बताए । “विश्वास, उत्कृष्टता र दृढता नेतृत्वको आधार हुन, यीनै विशेषतासंग जोडिएर खेलकुदको क्षेत्रमारुस्लानले आफुलाई दरिलो रुपमा प्रस्तुतगर्दै आएको छ।” उनले भने ।