प्रिन्टेड किताब नै किन चाहियो ? अब ‘डिजिटल’मै पढ्नुहोस् स्वस्थानी (अध्याय– ३)

प्रकाशित मिति:

बुटवल- आज स्वस्थानी ब्रतकथाको तोस्रो दिन । हिन्दूहरुका लागि यो ठूलो ब्रत हो । घर–घरमा एक महिनासम्म स्वस्थानी बाचन चल्छ । तपाईंहरु पनि स्वस्थानी बाचन गर्ने योजनामा हुनुहुन्छ, तर प्रिन्टेड किताब छैन भने चिन्ता नलिनुस् । न्यूजसेवा डटकमले हरेक दिन हरेक अध्याय ‘डिजिटल भर्सन’मा प्रकाशित गर्दैछ । आज पढ्नुहोस्– तेस्रो अध्याय :

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि
दक्षप्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरु जन्माइन् । यसरी तेत्तीस कोटी कन्याहरु भए । ती कन्याहरुलाई दक्ष र विरणीले समान माया ममताका साथ लालनपालन गर्दैरहे । ती कन्याहरु पनि जाज्वल्यमान रुपका भए । स्वर्गका सम्पूर्ण देवताहरु ऋषि , यक्ष , गन्धर्व , किन्नर, दिक्पाल , नाग , प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर “हामी सबै तेत्तीसकोटीहरुलाई दक्षको तेत्तीसकोटी कन्या मागेर घरजम गर्ने ” भनेर निधो गरे । अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए । दक्षप्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सती बाहेक सबैलाई विहे गरिदिने वचन दिए । “मेरो पनि छोरा छैन यसलाई छोरा बनाएरराख्न नदिएको हुँ ” भनेर भने । दक्षप्रजापति पनि हर्षित भएर “हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु” भने । “हाम्री छोरीहरुको पनि घरजम हुने भयो धन्य नारदमुनि ” भनी दक्ष र विरणी हर्षित भए ।

देवताहरु सबै बाजागाजाका साथ दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान लिए । अनि सबै देवताहरु आ–आफ्ना स्थानमा गए ।

श्री महादेवजीले कैलाशमा ध्यान गरिरहनुभएको बेला ध्यानदृष्टिले हेर्दा सबै देवताहरुको विवाह भैसकेको थाहा पाए अनि साह«ै चित्त आकूल गरे । फेरि दक्षको घरमा एउटी कन्या बाँकी भएको ध्यानदृष्टिले पत्ता लगाए । अनि मलाई सम्झेरै राखेका रहेछन् भनेर हर्षित भई दक्षकहाँ कन्या माग्न गए ।

दक्षप्रजापति स्– आज तँ मेरामा कति कामले आइस , हे दिगम्बर ।
महादेव स्– मैले यहाँ आउनुको कारण के हो भने । तेत्तीसकोटी देवताहरुले कन्या पाए । उनीहरुले घर बसाए । सबैको उद्दार भयो । मेरै लागि जेठी छोरी बाँकी राखेका रहेछौ । अब मेरो पनि उद्दार गर ।
दक्षप्रजापति स्( हे शरम पचेको दुष्ट महादेव । बत्तीस लक्षणले सुन्दरी मेरी सबभन्दा राम्री छोरीको तँ जोडी हुन सक्दैन । तँ स्मशानवासी , खरानी घस्ने , भूतप्रेतसँग डुल्ने , नागको माला लाउने , बिख– भाङ्ग–धतुरो खाने । मेरो घरमा एकछिन पनि नबस् तँ गइहाल् ।
९यसरी अरुपनि धेरै धेरै अपमान गरेर भनिसकेपछि महादेवको पाखुरा समातेर दक्षले श्री भोलेनाथ महादेवजीलाई घरबाहिर निकाल्यो ०
महादेव स्– इच्छा छैन भने , नदिने भए दिन्न भने भइहाल्थ्यो । यस्तरी निन्दा गरेर अपमान नगरेको भए हुन्थ्यो ।
त्यसपछि अति मन दुखाई भगवान् महादेवजी विष्णुलोकमा भगवान विष्णु कहाँ “ मलाई यसरी यसरी अपमान गर्यो खासमा म यसो भएर त्यहाँ कन्या माग्न गएको थिएँ ” भने ।
अनि भगवान महादेवजीलाई “ यहाँ विष्णुलोकमा एकछिन् बस्नुस् है म चाँजोपाँजो मिलाएर आउँछु । ” भनेर विष्णु भगवान दक्षप्रजापति कहाँ जानुभयो ।
भगवान विष्णु आगमन भएको देखी दक्षप्रजापतिले कमण्डलुले ठूलो आसनमा बसाले र गोडा धोई “हजूरलाई के सेवा गरुँ” भनी सुध्याए ।
विष्णु स्– हे दक्षप्रजापति , म केही माग्न आएको छु । दिन्छौ भने मात्र माग्छु रु
दक्षप्रजापति स्– लौ प्रभु यी मेरा सर्वस्व सबै हजूरकै त हो नि । हजूरले जे भन्नुभो त्यही दिन्छु । म वाचा गर्छु प्रभु ।
बिष्णु स्– म वैकुण्ठलोकको अधिपति भएर पनि मेरा कन्या छैनन् । कन्या दिई मलाई उद्दार गर । किनकी तिम्री एउटी कन्या सतीदेवी अविवाहित नै छिन् । यसैबाट मेरो घर बसाऊ र मेरो उद्दार गर ।
दक्षप्रजापति स्– हे भगवान मेरो यो अति प्यारो छोरो हो यसलाई दिने ता मन थिएन तर हजूरसँग बाचा गरिसकेँ । म बचनलाई मिथ्या जान दिनेछैन । समय मिलाउनुहोस् साइत हेरेर साइतको समयमा हजूरलाई कन्यादान टक्र्याउँला ।

फेरि भगवान विष्णु विष्णुलोक आउनुभो र श्री महादेवजीलाई यसो यसो गरेँ भनेर हजूरलाई भनी मागेँ भने दिन्न भन्लान् भनेर विष्णु भगवानले श्री महादेवजीलाई फेरि भन्नुभयो स्– म गएको काम होलानै जस्तो छ । विवाहको दिन हजूर वृद्ध संन्यासीको रुप लिएर आउनुस् र भीक्षा नलिई जान्न भन्नुस् । मैले “म कन्यादानको साइत सक्ने बित्तिक्कै भीक्षा दिन्छु । मसँगै आएर एकछिन पर्खनुहोस् ।” भनेर भन्छु । अनि म “मेरो सँगै आएर विवाहमण्डपमा आएर बस्नुस्” भनेर भन्छु । हजूरले पनि त्यसै गर्नुस् । कन्यादान दिनेबेलामा मेरो हात राख्ने ठाउँमा हजूरको हात राखिदिउँला । उनीहरुले कन्यादानको धमाधममा यो देख्न सक्दैनन् र मन्त्र पढिसकेपछि “सती हजूरकी भइन् ” भनेर मैले दक्षलाई सम्झाइदिउँला ।

यो बार , यो तिथि , यो लगन , यो नक्षत्र , यो बेलामा साइतको समयभन्दा एकछिन अगाडि हजूर संन्यासी भएर टुप्लुक्क आइपुग्नुहोस् भनी श्री महादेव प्रभुलाई विष्णु भगवानले सम्झाउनुभयो ।

अनि भगवान श्री महादेवजी पनि अति प्रशन्न हुँदै कैलाश पर्वतमा प्रस्थान गर्नुभयो । अर्को प्रशङ्ग चतुर्थ अध्यायमा बताउनेछु ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
सतीदेवी विवाह प्रशङ्गो नामं तृतीयअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय १ जय १
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।