घोराहीमा कुखुरा महोत्सव हुदैँ

प्रकाशित मिति:

दाङ् /प्रदेशस्तरीय कुखुरा महोत्सव हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ ।‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ कुखुरा महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५ नं प्रदेशस्तरको पहिचान झल्किने कुखुरापालनजन्य वस्तुको प्रदर्शनी गरिने छ । कुखुरापालनजन्य उत्पादनका प्रशोधित वस्तुको प्रदर्शनी, बिक्री–वितरण गरिने बताइएको छ । महोत्सव यही माघ १८ गतेसम्म चल्नेछ ।