स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाच्न थाले (भाइरल भिडियो)

प्रकाशित मिति:

एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । यो घटना चीनको एक स्कूलको हो । यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले आफैंले नाच्न सिकेका हुन् र विद्यार्थीहरुलाई पनि सिकाउने कोसिस गरे ।

शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकका अनुसार विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्छ त्यसकारण डान्स गराउने निर्णय गरिएको हो ।

भिडियो हेर्नुहोस् !