विभिन्न माग राख्दै नेविसंघद्धारा काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायतका माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । विभिन्न माग राख्दै बुधबार काठमाडौंमा प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघ ।  सरकारले डा. केसीको माग पूरा गर्न पनि सरकारलाई दबाव दिएको छ । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।