माया र एक्सनको मिश्रण : रणवीर

प्रकाशित मिति:

माया र एक्सनको मिश्रण चलचित्र रणवीर यही माघ १८ गते बाट प्रदर्शन हुंदैछ । चलचित्र प्रदर्शनको पूर्व सन्ध्यामा देश दौडाहामा रेको चलचित्रको टोलीले बुटवलमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराएको हो । चलचित्रमा नायक सुशिल सिटौलाले मध्यमवर्गीय परिवारको युवाको भूमिका निभाएका छन् । उनलाई साथ दिनका लागि चलचित्रमा डेब्यु गरेकी छन् नायिका सुवेक्षा खड्काले । त्यस्तै अर्की नायिका सुपुष्पा भट्ट समेतको अभिनय रहेको यस चलचित्रको काठ्माण्डौ, धनगढी, डडेलधुरा र पोखरामा सुटिङ गरिएको र चलचित्रका हरेक कलाकारहरुको मेहनतले चलचित्र सफल हुने निर्माता गोमा विष्ट थापाको विश्वास छ ।निर्देशक गोविन्द भण्डारी सिंहद्धारा निर्देशित रणवीरमा नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेस्वरी सिंह लगायतका कलाकारको पनि अभिनय रहेको छ ।