राखीले बिराटनगर तताउने

प्रकाशित मिति:

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासी नचाउने भएकी छन् । १६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ उनले आफ्नो प्रस्तुति मार्फत विराटनगरवासी नचाउने भएकी हुन् । आयोजक मिस्टी डान्स गाइजले इटहरीका एक कार्यक्रम गर्दै ‘एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव’ को बारेमा जानकारी दिएको हो ।  ग्लोबल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए ।

महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सव हेर्नका हर्नेका लागि आयोजकले टिकट शुल्क समेत राखेको छ ।