सर्वसत्तावादको विरुद्ध सडक तताउँछौ : सांसद मल्ल

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
1K Shares


स्याङ्जा \ गण्डकी प्रदेश सभा सदस्य तथा नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले सरकारका विरुद्ध सडकमा उत्रिन तरुण युवाहरुलाई आह्वान गर्नुभएको छ । सरकारको अधिनायकवादी चरित्र विरुद्ध नेपाल तरुण दल केन्द्रिय समितिले माघ ११ गते पोखरामा कम्युनिष्ट सरकारको चमत्कार–मँहगी बलात्कार र भष्ट्राचार भन्ने मुल नाराका साथ आयोजना गरेको प्रदेश स्तरिय विरोध प्रर्दशनमा सहभागी हुन स्याङ्जा जिल्लाका तरुण युवाहरुलाई आह्वान गर्नुभएको हो ।

अध्यक्ष मल्लले सरकारले जनताको सामान्य आवश्यकतालाई समेत बेवास्ता गरि निर्मला हत्याकाण्डका दोषीलाई कानुनि दायरामा ल्याउनुको साटो संरक्षण डाक्टर केसीको मागप्रति उदासिन वाइडबडी बुढी गण्डकी लगाएतका बिषयमा देशका महत्वपूर्ण आयोजनामा चरम भ्रष्टाचार गरि दुई तिहाईको दम्भ देखाएको र देशका संवैधानिक अंगहरुमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाउनुभयो । स्याङ्जा प्रदेश नं २ ख का सांसद समेत रहेनु भएका मल्लले वर्तमान सरकारले विकास सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्नुको साटो बलात्कार, भ्रष्टाचारलाई संरक्षण गर्नु जस्ता विकृतिले आम नेपाली जनता त्रसित बन्दै गएकाले अब बाध्य भएर सडकमा उत्रिने बेला आएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया