आज चतुर्थी तिथि, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ माघ १० गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको १० गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको चतुर्थी तिथि राति २।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र राति ११।३६ बजेसम्म रहनेछ । आज शोभन योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।३६ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । आज चतुर्थी तिथि गणेशजीको उपासनाका लागि शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५