कस्ता व्यक्ति सधैँ दुःखी हुन्छन् ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

ईष्र्यी घृणी न संतुष्टः क्रोधनो नित्याशङ्कितः ।
परभाग्योपजीवी च षडेते नित्यदुः खिताः ।।–विदुर नीति

ईष्र्या गर्ने, घृणा गर्ने, असन्तुष्ट, क्रोधी, शंकालु, अरुको भरमा बाँच्न खोज्ने÷बाँच्ने मान्छे सधै दुःखी हुन्छन् ।

मनमा ईष्र्याको अग्नि पाल्ने मान्छे त्यही अग्निको तापले गर्दा सदा प्रताडित नै भइरहन्छ । उसमा सुखको सञ्चार कहिल्यै हुन सक्दैन । यसैगरी अरुलाई घृणा गर्ने व्यक्ति पनि जीवनमा दुःखी नै रहन्छन् । सन्तोष भाव मनमा नहुनु पनि दुःखको गर्तमा भासिनु हो । जो असन्तोषी छ उसको जीवन पनि दुःखमय नै हुने गर्दछ । यसैगरी क्रोधी, शंकालु र अरुको भरमा बाँच्ने मान्छे पनि सदा दुःखी हुन्छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –