बढ्दो जनसंख्या रोक्ने रामदेवको नयाँ मन्त्र

प्रकाशित मिति:

बुटवल-भारतीय योग गुरु बाबा रामदेवले जसका दुई भन्दा बढी बच्चा छन् उनीहरुको मतदानको अधिकार खोस्नुपर्ने बताएका छन् । उनले चुनावमा सहभागीता जनाउन रोक्नुसंगै सरकारी स्कुल र अस्पतालको प्रयोगमा समेत रोक लगाउनु पर्ने बताएका छन् । बढ्दो जनसंख्या रोक्नका लागि यो नै कठोर नीति हुने रामदेवले बताएका छन् । उनले त्यस्तालाई सरकारी योजनाको लाभसंगै सरकारी जागिरसमेत दिन नहुने बताएका छन् । रामदेवले यो समय राजनीतिक असहिष्णुता चरममा रहेको पनि बताएका छन् । उनले पछिल्ला कयौं दिनदेखि आफूले जीवनबाट राजनीतिलाई डिलेट गरेको पनि बताए ।

रामदेवले अहिले देशमा राजनीतिक घमासान मच्चिएको बताएका छन् । उनले राम मन्दिर मुद्दामा जसरी चर्चा आवाज उठाइएका छन् त्यसरी नै सरकारले पनि तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन् ।