जिबनमा केही राम्रो हुनु अघी देखिनेछन यस्ता संकेत ! सबैले १-१ शेयर गरेर जान्नुहोस !

प्रकाशित मिति:

तपाइको जिबनमा केही राम्रो हुँदैछ भने यस्ता संकेत देखिनेछ, कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला ? यो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ । मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सभ्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ

यस्ता छन् संकेतहरुः–बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ। २) विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो । ३) यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ।

४) यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ । ५ )यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो । विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ ।

६) नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो । ७) शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।

८ )यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ । ९ ) यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो । १० ) यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ ।

अन्य समाचार ,त्रिभुवन विश्वविद्यालय हाताभित्र गौरी थामीले जमरा जुसको व्यापार गर्न थालेको करिब दुई वर्ष भयो । यसअघि उनी सोही व्यवसाय सातदोबाटोस्थित घरबाट गर्थिन् । खासै चित्तबुझ्दो व्यापार हुँदैनथ्यो । प्रशस्त हरियाली भएकाले कीर्तिपुरमा मर्निङ वाक गर्न आउनेको संख्या सातदोबाटोभन्दा बढी हुन्छ । त्यस्ता व्यक्ति अचेल जमराको जुस नछुटाई खान्छन् । त्यसै कारण थामीले कीर्तिपुरमा आफ्नो व्यापारको राम्रो बजार भेटेकी छन् ।कीर्तिपुरबाहेक उनी हरिसिद्धिस्थित क्यान्सर अस्पतालनजिकै पनि यो व्यापार गर्छिन् । दुवै ठाउँमा ग्राहकको चहलपहल बाक्लो रहेको उनी बताउँछिन् । त्यसैले नियमित रूपमा जौ र गहुँ रोपी तिनको जुस निकाल्नुलाई उनले दिनचर्या बनाएकी छन् । उनैलाई पछ्याउँदै कीर्तिपुरमा थुप्रैले बिहानीपख जमरा जुसको व्यापार गर्न थालेका छन् ।

कीर्तिपुर मात्र होइन, मर्निङ वाकको बेला अन्य स्थानमा पनि जमरा जुस अत्यधिक बिक्री हुने गरेको छ । थामीकै अनुसार यसमा प्रशस्त क्लोरोफिल हुने हुँदा मानव स्वास्थ्यका लागि लाभकारी छ ।जमराको जुसलाई भिटामिन र मिनरलको पनि राम्रो स्रोत मानिएको छ । प्रोटिनको आधारभूत तत्त्व एमिनो एसिड हो । जमरामा १७ प्रकारका एमिनो एसिड पाइने अमेरिकाको फ्लोरिडा राज्यस्थित हिप्पोक्रेट्स हेल्थ इन्स्टिच्युटका ब्रायन क्लिमेन्ट र आना मेरी क्लिमेन्टले एक अनुसन्धानमार्फत सार्वजनिक गरेका छन् । शरीरमा भएका अनावश्यक रसायन हटाउन जमराको जुसजति प्रभावकारी केही नरहेको जिकिर यिनको छ । मानिसलगायत अन्य जीवको प्रजनन प्रणालीको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने मान्यता राख्छन् । स्वस्थ तथा चम्किलो छाला चाहने जोकोहीका लागि यो जुस फलदायी सिद्ध हुन सक्ने पनि बताइएको छ ।

कीर्तिपुरका रमण अधिकारी नियमित रूपमा जमराको जुस पिउँछन्, गौरीको जुस स्टलमा । यसका फाइदा–बेफाइदाबारे उनी अनभिज्ञ छन् । तर, अरूले राम्रो हुन्छ भनेका भरमा मर्निङ वाकसँगै जमराको जुस सेवन गर्नु पनि उनको दिनचर्या बनेको छ । सोही स्टलमा जुस पिउन आउने बल्खुकी अस्मिता आचार्य भने निरोगी रहन सेवन गर्दै आएको बताउँछिन् ।आयुर्वेद विशेषज्ञ ऋषिराम कोइराला भन्छन्, “परापूर्वकालदेखि नै जमराको जुस स्वास्थ्यका लागि फाइदाजनक छ भन्दै प्रयोग गरिन्थ्यो । नेपालमा भने यसको अत्यधिक सेवन हुन थालेको केही वर्ष मात्र भयो ।” शरीरमा घटित हुने अत्यधिक प्रक्रिया अम्लीय (एसिडिक) हुन्छन् । त्यसको मात्रा सन्तुलनमा राख्न अल्काली आवश्यक पर्छ । त्यही अल्काली जमराको जुसबाट प्राप्त गर्न सकिने उनको भनाइ छ । कोइरालाको मान्यता छ, जमराको जुस एउटा राम्रो एन्टी–अक्सिडेन्ट मात्र नभएर रगतका कोषिका बढाउन मद्दत गर्ने तत्त्व पनि हो ।

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन, रगत शुद्धीकरण गर्न, आन्द्रा सफा गर्न, शरीरबाट आउने दुर्गन्ध कम गर्न र क्यान्सरको निराकरण गर्न क्लोरोफिल अत्यावश्यक छ भनी केही अनुसन्धानले पनि देखाएका छन् । शरीरमा उचित रक्तसञ्चार होस् भनी यो जुस खाने मानिस पनि प्रशस्तै भएको कोइरालाको ठहर छ । तर, उनी स्वीकार्छन्, जमराको जुस कुनै रोगको प्रत्यक्ष औषधोपचार प्रक्रियामा प्रयोग हुन सक्दैन । शरीरका विकार हटाउँदै लैजानमा यसको भूमिका नकार्न नहुने पनि उनको जिकिर छ । जमराको जुसबाट पूर्ण रूपले फाइदा उठाउन स्वस्थकर बीउ र रोगरहित माटो प्रयोग गर्न सुझाव दिन्छन् । ठिमाहा बीउ प्रयोग गर्दा ध्यान पुर्‍याउनुपर्ने मान्यता उनको छ ।

नियमित रूपमा जमराको जुस सेवन गर्दै आएका मानिसलाई १४ कात्तिकयता वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले गरेका केही ट्वीटले आतंकित तुल्याइदिए । सुरुको ट्वीटमा उनले लेखे, ‘जमराको जुसमा केही भिटामिन र मिनरल होला, जसले स्वस्थ रहन मद्दत गर्ला तर यसले रोगलाई निको पार्ने कुरा ठीक होइन । कलेजोका रोग भएका व्यक्तिका लागि त यो प्राणघातक पनि हुन सक्ने रहेछ ।’ त्यसपछिको उनको ट्वीट पनि जमरा जुसकै थियो । लेख्छन्, ‘आज पनि जमरा जुसपीडित भर्ना भएका छन् । जमराको जुसले सबै रोग निको पार्छ र यसको साइड इफेक्ट छैन भनेर प्रचार गर्नेलाई केही त गर्नैपर्ने भयो । नत्र थुप्रै बिरामी ‘सहिद’ हुनेवाला छन् ।’

त्यसो त, ब्रायन र आना क्लिमेन्टले जमराको जुसमा पाइने क्लोरोफिलले कलेजो रोग निवारण गर्ने कुरा पनि आफ्नो अनुसन्धानमा लेखेका छन् । तर, केसी त्यसलाई मान्न तयार छैनन् । रक्सीले असर पारेको कलेजो ‘डिटक्सिफाई’ गर्न पनि उक्त जुसले सहयोग गर्ने बताइन्छ । त्यसको ठीक विपरीत मान्यता राख्छन् केसी ।

‘औषधी होइन’डा सुधांशु केसी वरिष्ठ कलेजो रोग विशेषज्ञ स्वस्थ मानिसले जमराको जुस खाँदा केही फरक पर्दैन । तर, रोग लागिसकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने बानी छैन । एकचोटि केही लहर आउँछ, सबै त्यसकै पछि लाग्छन् । वैज्ञानिक कारण खोजौँ भन्ने प्रवृत्ति कसैको छैन । त्यसैले कहिलेकाहीँ दु:ख पाइन्छ । भन्नेले भन्छन्, तर जमराको जुसमा क्यान्सर निको पार्ने क्षमता छैन ।

सबै प्राकृतिक तत्त्व औषधी नै हुन् भन्ने छैन । कलेजोका रोगीका लागि त जमराको जुस विष नै हो । गत साता मात्रै जमराको जुस खाएर बिरामी भएका दुई बिरामी वीर अस्पतालमा भर्ना भए । एक जना समयमै डिस्चार्ज भए भने अर्कालाई नर्भिक अस्पतालमा सारियो । हालसम्म २०–२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले ‘अर्गानिक’ भनेर खाएको जमराको जुस अभिशाप प्रमाणित भएका घटना हाम्रै आँखाअगाडि छन् । तर, हामीले कहिले महसुस गर्ने ? जुसका फाइदैफाइदा छन् भन्दा सबैले पत्याए । मैले बेफाइदाबारे ट्वीट गर्दा धेरैले पत्याएनन् । उल्टै ममाथि खनिए । मैले खाँदै नखानुस् पनि भनेको होइन । रोग लागिसकेको छ भनेचाहिँ नखानुस् भनेको हुँ ।

एजेन्सी – प्रियंका चोपडा बलिउडकी मोस्ट वान्टेड नायिका हुन् । उनीसँग काम गर्न निर्मात्रा निर्देशकहरु वर्षौ लाइनमा बस्ने गरेका छन् । पूर्व विश्वसुन्दरीको ताज समेत पहिरिएकी यि सुन्दरीले २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेदेखि नै कहिल्यै पछि फर्केर हेर्नु परेन । भारतीय अनलाइन भाष्कर दैनिकका अनुसार हाल प्रियंकाको सम्पती २९ मिलियन डलर रहेको छ । उनको वार्षिक आम्दानी ११ मिलियन डलर रहेको छ ।

५ वटा लक्जरीयस कारमा पालैपालो सवार गर्ने यि सुन्दरीका अमेरिका र भारतमा गरेर करोडौँ मूल्य बराबरका ७ वटा घर छन् । जसमध्ये उनका अमेरिकाको म्यानह्याटेनमा भब्य अपार्टमेन्ट किनेकी छिन् । उनका भारतका विभिन्न स्थानमा ६ वटा करोडौँ मूल्य बराबरका घर रहेका छन् । फेसन,बर्फी ,मेरिकोम जस्ता सफल फिल्ममा अभिनय गरिसकेकी प्रियंका अहिले हलिउडको एक टिभी सिरियलमा अभिनय गरिरहेकी छन् ।!