सहिद दिवसमा बिदा दिने प्रदेश ३ सरकारको निर्णय

प्रकाशित मिति:

हेटौडा– प्रदेश नम्बर ३ को सरकारले  माघ १६ गते  परेको सहिद दिवसका दिन  सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशस्तरीय सार्वजनिक बिदा दिने प्रदेश सरकारको यो  पहिलो निर्णय हो।  ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने  निर्णय गरेको हो।   यस्तै  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमापिकरण ऐन २०७४ लाइ संसोधन गर्न बनेको विधायक पनि  स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी बैकठले आर्थिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको बिशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने  र नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका  योजना पनि पठाउने निर्णय गरेको छ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सामूहिक खेति प्रवर्द्धन कार्यक्रम कार्वान्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्नुका साथै ,कृषि बन प्रबर्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै सामाजिक विकाश मन्त्रालयले पेश गरेको प्रदेश आपतकालीन बाल संरक्षण कार्यविधि २०७५ स्वीकृत गर्नुका साथै संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर ,रसुवा ,दोलखा ,सिन्धुपाल्चोक, धादिंग र चितवनमा रहेका महिला तथा बालबालिका कार्यालयका भवन तथा निर्माणाधीन भवनहरु हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले जानकारी दिए ।