यात्रामा केही समस्या आए पनि यात्रा अवरूद्ध हुँदैन : रवीन्द्र मिश्र

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौं-विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मतरूपमा सशक्त ढंगले अघि बढ्ने बताएका छन्। शनिबार ललितपुरको बखुन्डोलस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विचलित नभई मूल्य मान्यतासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

पार्टी फुटपछि आफूहरूको यात्रामा केही समस्या आए पनि यात्रा अवरूद्ध नहुने उनले दाबी गरे। राष्ट्रिय मुद्दामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै पार्टीको संगठन विस्तारमा लाग्ने उनले बताए।

उनले पार्टीभित्र नै केही समयअघि देखि पार्टी फुटाउने चलखेल भइरहेको पनि दाबी गरे। पार्टी फुट गराउने मनसायले चलाइएको भ्रमलाई नै पार्टीभित्रका केही सदस्यले सत्य हो भन्ने बुझेपछि समस्या भएको उनको तर्क थियो। बुझाइमा एकरूपता नभए पनि तत्काल पार्टी फुटको चरणमा पुग्छ भन्ने आफूलाई नलागेको पनि उनले उल्लेख गरे। विवेकशीलबाट आएका उज्वल थापालगायत समूह पार्टी विधि र प्रक्रियाबाट अघि नबढेको भन्दै अलग भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया