हातमा रुख उम्रेका पुरुषको २५ पटक सल्यक्रिया भयो

प्रकाशित मिति:

एजेन्सी-  बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको २०१६ देखि यता २५ पटक सल्यक्रिया गरिसकिएको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ । साथै उनको स्वास्थ्य अवस्था फेरी बिग्रेको छ ।

बाजन्दरलाई एपिडरमोडयास्प्लासिया बेरुसीफोर्मिस नामको रोग लागेको छ । यो रोगलाई ट्रि म्यान सिन्ड्रोम पनि भनिन्छ ।  डाक्टरले यो रोग ठिक गर्नका लागि फेरी सल्यक्रिया गर्न आवश्यक भएको बताएका छन् ।

आफ्नो हात खुट्टाको नयाँ—नयाँ ठाउँमा पनि रुख जस्तो संरचना बढ्दै गएपनि डाक्टरले यो बिमारी ठिक गरिदिने विस्वास पनि बाजन्दरले गरेका छन् । डाक्टरका अनुसार, बाजन्दर उपचारको समयमा अस्पतालबाट भागेका थिए । जसका कारण उनको उपचार पूर्ण हुन सकेको थिएन ।