विश्वकै एक सफल बिजनेसम्यान ज्याक मा’ले दिए व्यापारमा सफल हुने ६ सूत्र

प्रकाशित मिति:

चिन- चीनको ई-कमर्स कम्पनी अलीबाबाका मालिक ‘ज्याक मा’ले व्यापारमा सफलता हात पार्ने पाँच उपाय सुझाएका छन् । डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा मा’ले भने बिजनेसको जोखिमसँग डराउनुहुन्छ भने तपाईंलाई बिजनेस म्यान बन्ने कुनै हक छैन । यस्ता मानिसहरूका लागि जागिर नै उत्तम विकल्प हो ।

स्मरण रहोस्, डाभोसमा चलिरहेको उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सामेल छन् । ‘मलाई नै नेतृत्व गर्ने क्षमता भएका मानिसलाई जागिर दिन्छु’ मा’लाई सोधिएको थियो, तपाईं कसलाई नोकरी दिनुहुन्छ ? जवाफमा उनले भने- जो मभन्दा स्मार्ट छ, उसैलाई जागिर दिन्छु । यस्ता व्यक्तिलाई लिन मनपराउँछु, जो आगामी ४/५ वर्षमा मेरो पनि मालिक बन्न सकोस् । सकारात्मक सोच राख्ने र कहिल्यै हार नमान्ने मानिस मनपर्छ ।

उनी अफ्रिकामा पछिल्लो समय भइरहेको प्रगतिप्रति पनि आशावादी देखिए । ‘म केन्या, नामिबियाजस्ता अफ्रिकी देशमा पुगेको छु । त्यहाँ पुग्दा मलाई लाग्यो, २० वर्षअघि चीन त्यही अवस्थामा थियो ।’

‘भविष्यमा कोही विशेषज्ञ रहने छैनन्’

एसियाली अनलाइन मार्केटको जाइन्ट कम्पनी अलिबाबालाई अहिलेको स्थितिमा पुर्‍याउने क्रममा कुनै डर वा सन्देहको सामना गर्नुपर्‍यो कि भन्ने प्रश्नमा उनले भने ‘भविष्यमा कोही विशेषज्ञ रहने छैनन् । एक्सपर्ट इतिहास बन्नेछन् ।’

‘बालबालिकालाई रचनात्मक बनाउनुस्’

आफ्ना बालबालिकालाई रचनात्मक सोच्ने बनाउन उनको सुझाव छ । उनीहरूलाई मेसिनले गर्न नसक्ने काममा प्रेरित गर्न पनि उनले सुझाव दिए । ‘आजकल मेसिनमा चिप हुन्छ, मानिससँग त दिल र दिमाग छ,’ उनले भने, ‘अबको शिक्षालाई त्यही दिशामा अघि बढाउनुपर्छ ।’

कुनै कुरा बदल्न सक्नुहुन्न भने आफैं बदलिनुस्

अलीबाबाको सफलताको सूत्र बाँड्दै मा’ले भने म एक शिक्षक थिएँ । शिक्षकले हमेशा चाहन्छ, विद्यार्थी आफूभन्दा जान्ने होस् । नियम एक- मानिसहरूलाई आफूभन्दा उत्कृष्ट बन्न सहयोग गर्नुहोस् । नियम दुई- यदि तपाईंले केही कुरा बदल्न सक्नुभएन भने आफैं बदलिनुस् ।

‘साझेदारीमा बिजनेस नगर्नुस्’

उनले उद्यमीहरूलाई सुझाव दिए, साझेदारीमा व्यापार नगर्नुस् । आफ्नो साथीलाई कारोबारमा सामेल नगर्नुस् । मित्रता व्यापार भन्दा ठूलो हुन्छ ।

‘प्रकृतिसँगै चल्नुहोस्’

उनले भने- ‘म मान्छु प्रविधि मानिसका लागि हो । तर प्रविधि भन्दैमा गलत चिजलाई अगाडि ल्याउनु सही होइन । राम्रो काम गर्नुहोस् । प्रविधिको माध्यमबाट पर्यावरणलाई अझै राम्रो बनाउनु आवश्यक छ । तपाईंले तेल र कोइला लिएर धर्तीलाई जलाइ रहनुभएको छ भने एक दिन धर्तीले यसको बदला अवश्य लिनेछ ।