यसरी पत्ता लगाउनुहोस् गर्भमा छोरा छ कि छोरी ?

प्रकाशित मिति:

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले तपाईको गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा पत्ता लगाउन सकिने देखाएको छ । यसको लागि भिडियो एक्सरे वा डाक्टरको सहयोग आवश्यक पर्दैन। जो चाहि सुँघेर नै थाहा पाउन सकिन्छ । उक्त अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरीरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ भने छोरी भएको अवस्थामा अर्कै प्रकारको गन्ध आउँछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोरालाइ जन्म दिँदैछिन् वा छोरी भन्ने थाहा हुन्छ ।

लीमर प्रजातिको बाँदरमा पहिलो परीक्षण

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परीक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् । यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ । गर्भावस्थाका बेलामा महिलाको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढी मात्रामा हुने गर्दछ ।

छोरा छ भने तेज गन्ध

गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ । मानिसहरुमा पनि यस्तै सम्भव लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरारछोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन । एजेन्सी