डा केसीसंग प्रधानमन्त्रि ओलीले वान टु वान वार्ता गर्ने तयारी

प्रकाशित मिति:

अनशनरत डा। गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं वार्ता गर्ने सम्भावना बढेको छ । डा। केसीले अनशन तोडेमा प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने मनस्थिति बनाएका हुन् । सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने अडान डा। केसीले लिएपछि सरकारले यस्तो तयारी थालेको हो ।
वार्ताका लागि सरकारले सन्देश पठाएपनि डा। केसीले जवाफ दिएका छैनन् । बालुवाटार स्रोतका अनुसार डा। केसीका प्रतिनिधिसँग छलफल गर्दा निचोडमा पुग्न नसकिएकाले सिधैं केसीसँग छलफलको तयारी थालिएको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा। केसी अनशन बसेको २४ दिन पुगेको छ । उनको स्वास्थ्य अवस्था कृटिकल भएको छ ।