शेयर बजार सामान्य अंकले घट्यो

प्रकाशित मिति:

काठमाडौं / धितोपत्र बजारमा विहिबार शेयर बजारमा सामान्य कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।२ विन्दुले घटेर एक हजार १७२।७८ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०८ विन्दुले घटेर २४८।६५ विन्दुमा पुगेको छ। स्टकका अनुसार विहिबार कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका कूल दश उपसमूहमध्ये विहिबार पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर घटेको छ।