रुपन्देहीको मायादेवी गाउँपालिका कार्यालयको भवन शिलान्यास

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको मायादेवी गाउँपालिका कार्यालयको भवन शिलान्यास गरिएको छ । वडा नम्बर ३ वरेवामा निर्माण हुने उक्त भवनको बिहीबार एक कार्यक्रमका बीच रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले शिलान्यास गरे ।भवन शिलान्यास गर्दै प्रतिनिधिसभा सांसद यादवले भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर मायादेवी गाउँपालिकाको विकास गर्नुपर्ने बताए । त्यस्तै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले गाउँपालिकाले गरेको प्रयास सकारात्मक भएको बताए । गाउँपालिकाको मध्यविन्दुमा कार्यालय निर्माण गर्न लागिएको अध्यक्ष धु्रव नारायण चौधरीले बताए ।

भवन निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनीसंग २०७५ साल असार २६ गते ठेक्का सम्झौता गरिसकेको छ । १८ महिनामा निर्माण कार्य सक्ने गरी गाउँपालिकाले ब्राइट÷श्रीखण्डपुर जे।भी। धुलिखेल, काभ्रे संग ३ करोड १२ लाखमा सम्झौता गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । कुल ६ विगाह जग्गा रहेको र भवन साडे १ कठ्ठा बढी क्षेत्रफलमा निर्माण हुने न्यौपानेले जानकारी दिए । सुरुवाती चरणमा दुइतल्ले भवन निर्माण गरिने जसमध्ये पहिल्लो तल्लामा १२ वटा र दोस्रो तल्लामा १५ वटा कोठा रहने भवन अपा¨मैत्री र भुकम्प प्रतिरोधात्मक रहने उनको भनाइ छ । भवनमा लिफ्टि¨ सुविधा समेत रहनेछ