गुल्मीमा कफी खेतीको विकास र सिवस्तारका लागि ११ वुँदे प्रतिवद्धता पत्र जारि

प्रकाशित मिति:

गुल्मी जिल्लामा व्यावसायीक कफी खेतीलाई कसरी विस्तार एवं व्यवसायीककरण गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लामा सरोकारवाला स्थानीय निकाय, सम्बन्धित संघ संस्था एवं किसानहरु वीच आयोजित एक अन्र्तक्रिया कार्यक्रमवाट गुल्मीमा कफी खेतीको विकास र सिवस्तारका लागि ११ वुँदे प्रतिवद्धता पत्र जारि गरिएको छ ।
नेपाल सरकार नेपाल कृषि अनुषन्धान परिषद् कफी अनुसन्धान कार्यक्रम गुल्मीको आयोजनामा जिल्लामा आयोजित कफी कार्यसमूह बैठकवाट सरोकारवाला निकाय वीच गरिएको छलफलको माध्यमवाट उक्त प्रतिवद्धता जारि गरिएको हो ।कार्यक्रममा रुरु गाउँपालीका अन्र्तगत रहेको कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा हालसम्म संकलित कफीका जात तथा स्थानीय संकलनहरुको एऋच्रःयभिअगबिच तभकत सम्बन्धमा केन्द्रीय कार्यालय ल्ब्च्ऋ र सम्बन्धित कार्यालयहरुमा अध्ययन परिक्षण गरिदिन आग्रह गर्ने र कफीका जातीय तथा स्थानीय संकलन सम्बन्धी काम गर्नका लागि कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा लाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

छलफलमा कफीका। नयाँ जातहरुको विषयमा भौगोलिक उचाई अनुसार र कफीको जातिय विशेषता सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, नर्सरी व्यवस्थापन तथा स्वस्थ वेर्ना उत्पादन गरि कफी नर्सरी व्यवस्थापन र कफीको स्वस्थ वेर्ना उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा कफी खेतीमा लाग्ने रोग तथा कीराहरूको बगैंचा तथा प्रयोगशाला अध्ययन सम्बन्धमा छलफल हुँदा कफीको बगैंचा तथा नर्सरीमा देखिने कफीका रोग तथा किरा सम्बन्धी सुचना सबै सरोकारवाला र सहभागी सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुमा जानकारी आदानप्रदान गर्ने, । गुणस्तरीय कफी उत्पादनमा पोस्टहार्भेस्ट व्यवस्थापन तथा प्रशोधन प्रविधिहरुमा थप अनुसन्धान गरि उपयुक्त प्रविधिको पहिचान गर्नेविषयमा समेत छलफल गरिएको बरिष्ट वैज्ञानिक एवं कफी अनुषन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्ण बहादुर थापाले बताउनु भएको छ ।