सरकारको पूर्वाग्रही कदमको विरोधमा उत्रंदै कांग्रेस र तरुणदल

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
70 Shares


सरकारले पुर्वाग्रही ढंगले आफ्नो पार्टिका नेताहरुको नाममा रहेका अस्पतालहरुको नाम हटाउने काम गरेको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलित भएको छ । भर्खरै सरकारले शान्तिका नायक गिरिजा प्रसाद कोईराला र संविधान निमार्ण शुशुली कोईरालाको नाममा रहेको श्वासप्रशास र क्यान्सर अस्पतालको नाम हटाउने निर्णय गरेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको तयारी गरेको हो ।
बिहिबार बुटवलमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती अब्दुल रज्जाकले कम्युनिष्ट सरकारले राजतिकि पुर्वाग्र साधेर पार्टिका नेताहरुको अपमान गर्ने प्रयास गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रिने बताउनु भयो ।उहांले सरकारले एक पछि अर्को निरकुशताको वाटो अवलम्वन गरेको आभास भएको भन्दै त्यसका विरुद्ध नेपाली कांग्रेस सडक र सदनमा आन्दोलित हुनु पर्ने वेला आएको बताउनु भएको हो ।

पार्टिका जिल्ला सचिव रामकृष्ण खांणले जनविरोधी वर्तमान सरकारले नेपाली कांग्रेस र पार्टिका नेताहरुमाथी गंभिर अपमान गर्ने ढंगले अघि बढेकोले शुक्रबार बुटवलमा विरोध प्रर्दशन गर्ने बताउनु भयो ।  उहांले साकेतिक रुपमा कोण सभा गर्ने र आवश्यक परे सरकारका विरुद्धमा अन्तिम आन्दोलनका लागि तयारी अवस्थामा रहन आग्रह पनि गर्नु भयो ।सो अवसमरा पार्टिका उपसभापती फडिन्द्र शर्मा, क्षेत्रिय सभापती हरि लम्शाल, बुटवलका नगर उपसभापती विमलराज भट्टराई, सैनामैना नगर सभापती राम प्रसाद अधिकारी, तिलोत्तमाका नगर सभापती हरिलाल पाण्डे , नेविसघका केन्द्रिय उपसभापती प्रकाश राना, महिला संघका अध्यक्ष गंगा शाही लगायतले बोल्नु भएको थियो ।

यसैबीच,बाम सरकारका गतल गतिबिधिका बिरुद्धमा नेपाल तरुण दल रुपन्देहीले बुटवलमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
हत्या हिंसा बलात्कार, महंगी र भ्रष्टाचारका विरुद्ध नेपाल तरुण दलले बुटवलमा विरोध प्रदर्शन गर्ने भएको हो ।
तरुण दलको केन्द्रिय समितिले देशका सातवटै प्रदेश राजधानीहरुमा विरोध कार्यक्रम गर्ने निर्णय अनुसार बुटवलमा माघ १२ गते विरोध प्रर्दशनको तयारी पूरा भएको नेपाल तरुण दल जिल्ला कार्यसमितिका अध्यक्ष सोम बहादुर गुरुङ्गले बताए । कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भमा गरेको गलत कामको विरोध स्वरुप प्रदेशस्तरमा विरोधका कार्यक्रम गरिन लागेको उनले बताए । महेन्द्रपार्कबाट शुरु हुने ¥याली राजमार्ग चौराहामा पुगेर वृहत विरोध सभा हुने उनले बताए । केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले सम्बोधन गर्नेछन् । सरकारको नाजायत कामको भण्डाफोरको अभियानलाई भातृ संगठनले देशब्यापी गर्ने उनले बताए । नेपाली काग्रेसले सत्तादेखि सडकसम्म सरकारको विरोधको कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । ‘नेपाली काग्रेसका भातृ संगठनहरुले निरन्तर विरोध हुन्छ ।’–उनले बताए । हेटौडा, बिराटनगर, जनकपुरमा भैसकेको छ भने बुटवल, पोखरा,सुर्खेत,धनगढीमा बिरोध प्रर्दशन हुदैछ । सचिव रमेश शाही देशमा महत्वपूणर् योगदान दिएका दुई नेताको नामबाट स्थापना भएको अस्पताललाई प्रदेश अन्तरगत लाने सरकारको निर्णय गलत भएको बताए । यसप्रति आफुहरुको आपत्ति रहेको बताए । कार्यक्रममा केन्द्रिय पार्षद वृजेश न्यौपाने, पूर्वअध्यक्ष चिरन्जीवि पौडेल, कोषाध्यक्ष बासुदेव बश्यालले देश दुई नेताका योगदानलाई बर्तमान सरकारले अबमुल्याकन गरेको गुनासो गर्दै यसको आफुहरुले विरोध गर्ने बताए । कार्यक्रममा प्रदेशस्तरबाट १० हजार बढी सहभागि रहेका

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…