तिनाउ इ.बो.स्कूलको १९औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल / बुटवल ११ देविनगरमा अवस्थित तिनाउ इ.बो.स्कूलले आफ्नो १९ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । सो अवसरमा अभिभावक भेला शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको हो । २०६६ सालको एस.एल.सी. परिक्षामा छात्रातर्फ जिल्ला प्रथम, २०७४ सालको एस.इ.इ. परिक्षामा सर्वोउत्कृष्ट भई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको तिनाउले शैक्षिक गुणस्तरियतामा जोड दिएको विदालयले जनाएको छ। विद्यालयको १९ औँ विर्षिक उत्सव विद्यालयका अध्यक्ष यज्ञ मुर्ति पाण्डेको आतिथ्यता, विद्यालयका प्राचार्य सिता पाण्डेको सभापतित्व, र प्रदेश मन्त्रि लिला गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको हो ।

सो अवसरमा अभिभावक संघ रुपन्देहिका जिल्ला अध्यक्ष लोक नाथ ज्ञवाली, प्याबसन रुपन्देहिका अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देहिका बरिष्ठ उपाध्यक्ष दिनेश भुसाल, समाजसेवी यज्ञशोर मरासेनि, पुर्रोतम ज्ञवाली, मथुरा श्रेष्ठ , माया दर्नाल, लगाएतले बोल्नु भएको थियो । स्थापनाकालको छोटो समयमै आफुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल यस विद्यालयले यस संस्थामा निरन्तर १९ वर्ष सम्म अध्यपन गराउने श्री सविता जोशीज्यू र उत्कृष्ट वर्ष शिक्षक २०७४ मा पर्न सफल विद्यालयका सुपरीवेक्षक इश्वरी प्रसाद पाण्डेज्यू लाई रु १५००० सहित प्रमाणपत्र र दोसल्ला सहित माननिय मन्त्रि लिला गिरि द्वारा सम्मान गरिएको थियो । विभिन्न विद्याहरुमा गरी झन्डै ७० भन्दा बढी समुहहरुको सहभागिता रहेको  उक्त कार्यक्रममा झन्डै ६०० भन्दा बढी विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गरेका थिए ।

विद्यालयकी प्राचार्य सिता पाण्डेले आगामी वर्ष देखि मन्टेश्वरी कक्षाहरु सञ्चालन गर्ने र त्यसका लागी सम्पूर्ण तयारीहरु पुरा भएको र ंद्द सन्चालनको लागि पनि तयारी भइरहेको जानकारी दिनुभयो । उक्त अवसरमा बोल्दै विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेज्यूले विद्यालयलाई राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचीत गराउने प्रतिवद्घता जाहेर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…