इन्भाइरमन्ट विद्यालयले रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै

प्रकाशित मिति:

रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित न्यू इन्भाइरमन्ट अंग्रेजी माध्यामिक विद्यालयले आफ्नो रजन महोत्सव मनाउन सुरू गरेको छ । बिहीबारदेखि सुरू रजत महोत्सव यही माघ १९ गतेसम्म चल्नेछ । रजत महोत्सवको अवसरमा पारेर विद्यालयले विभिन्न कार्यक्रमहरू आयोजना गरेको विद्यालय जानकारी दिएको छ । विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले १० दिन विभिन्न बीस वटा भन्दा बढी रचनात्मक कार्यक्रम गरी रजत महोत्सव मनाइने बताए । महोत्सव अन्तर्गत शनिबार जुनियर गणित क्याम्प, भूपू विद्यार्थी एवं शिक्षकहरुको पुनर्मिलन कार्यक्रम राखिएको छ । त्यस्तैगरी १३ गते क्यालिटी क्वीज, रक्तदान, १४ गते एकल नृत्य प्रतियोगिता वृक्षरोपण कार्यक्रम, १५ गते, ह्वाट आइ स, चित्रकला प्रतियोगिता, महिला सचेतना कार्यक्रम, १६ गते नेशनल इन्ट्रिग्रट कन्फ्रेन्स, फोटो प्रतियोगिताको नतिजा प्रकाशन रहेको विद्यालयका सह प्राचार्य ध्रव खरेलले जानकारी दिए ।

त्यस्तैगरी १७ गते खाना महोत्सव वृहत सांस्कृति कार्यक्रम, १८ गते म्याराथुन दौड, वृहत सरसफाई याली र १९ गते रजत जयन्तीको मूल समारोह रहेको ज्ञवालीले जानकारी दिए । विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म १ हजार सात सय र कक्षा ११ र १२ मा पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य खगेश्वर पुनले विद्यालयले नमूना बनाउन आफूहरु केन्द्रित भएको बताए । कार्यक्रम संयोजक रोशन खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यता प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गतको दौतरी शिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त मा बिमा आज एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न भएको हो ।बढ्दो अन्तराष्ट्रिय भाषाले प्रभाव जमाइरहेका बेला प्रारम्भिक कक्षामा अध्ययनरत बिद्यार्थीहरुको पढाइसीपसम्बन्धी आधारभूत उपलब्धि अत्यन्तै न्यून रहेकाले नेपालको मातृभाषालाई नेपाली बालबालिकाले नर्बिसिउन भन्ने उदेश्यले सन् २०१४ मा यू एस ए आइ डी को सहयोगमा नेपाल सरकारले पहिलो पटक यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।