विशाल बिरोध सभामा स्याङ्जाबाट उल्लेख्य सहभागिता हुने

प्रकाशित मिति:

स्याङ्जा \ नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको आयोजनामा विशाल बिरोध सभामा स्याङ्जाबाट उल्लेख्य सहभागिता हुने भएको छ । केन्द्रीय कार्यसमितिको आयोजनामा भोली माघ ११ गते सम्पन्न हुन लागेको विशाल बिरोध सभामा स्याङ्जाबाट उल्लेख्य सहभागिता हुने कुरा नेपाल तरूण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले बताउनुभएको छ। तरूण दल जिल्ला कार्यसमितिको कार्यालयमा आज तयारीको क्रममा कुरा गर्दै मल्लले जिल्लाका एघारै तहबाट तरूण,महिला र बिद्यार्थीहरूको समेत सहभागिता रहने बताउनुभयो । गाउँगाउँबाट तरूणहरूको जागरण देख्दा बर्तमान सरकारको गतिबिधिबाट जनताहरू अतालिएर सडकमा आउन सुरू गरेको बताउनुभयो । जिल्लाका सबै तहहरूबाट भोलिको बिरोध सभामा जाने सुबिधाको लागि १५ वटा गाडीको ब्यवस्था समेत गरिएको कुरा तरूण दल स्याङ्जाका सहसचिव रबिन के।सी।ले कालिगण्डकी खबरलाई जानकारी दिनुभयो ।