पानी जहाजको सफलतापछि शितलको महारानी बजारमा

७ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
27 Shares


विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गायिका शीतल शर्माले “ महारानी ” बोलको तीज गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ। सार्वजनिक गरिएको गीतको भिडियोमा हाँस्य कलाकार राजु पौडेल ९राजु मास्टर० सँगै गायिका शीतल र कलाको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा घर परिवार भित्र यथार्थ कथालाई गीतमा देखाउन खोजिएको छ ।

दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशन रहेको म्युजिक भिडियो गायिका शीतलकै अफिसियल युट्युव शितल मिडिया मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया