जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध

प्रकाशित मिति:

डोल्पा । हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए ।‘मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,’ उनले भने । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन ।

उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । ‘हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,’ सिंहले भनृ । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।