वहुविवाहको आरोपमा कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

प्रहरीले वहुविवाहको आरोपमा कैद सजाय तोकिएका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी चौकी वालाङ्खाको टोलीले वहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना ११ दिन कैद तथा रु पाँच हजार जरिवाना तोकिएका आमचोक गाउँपालिका–४ का ३० वर्षीय उमेश राई र ३१ वर्षीय डम्बरकुमारी राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियो । दुवै जनालाई आज कारागार चलान गरिएको छ ।