विदेशी कार्डको नाममा नक्कली विवाहको विगविगी

प्रकाशित मिति:

पोर्तुगलको अध्यागमन बिशेष प्रहरी सेफले गरेको खोजतलास र अनुसन्धानको क्रममा पोर्तुगलमा नक्कली विवाहको बिगबिगी भएको निर्क्यौल निकालेको छ। यसरी गैर कानुनी रुपमा नक्कली बिवाह गरेर आप्रवासीहरुलाई पोर्तुगलको आवास अनुमति पत्र दिलाउन सहयोग गर्नेमा वकिलहरू नै संलग्न भएको पाईएको छ।सेफले ओदिभेलासमा गरेको अनुसन्धान सर्च अप्रेसनमा एक कानुन व्यवसायीको कार्यालयमा विवाहका नक्कली कागजपत्रहरु फेला पारेको छ, जसमा पाकिस्तानी नागरिकलाई पोर्तुगिज नागरिकसँग नक्कली बिवाह गरेका प्रमाणहरु फेला परेका छ।अनुसन्धानको क्रममा १३ हजार यूरो समेत बरामद गरिएको छ। नक्कली विवाहका कागजपत्र बनाउन प्रयोग भएका कम्प्युटर र अन्य सामाग्रीहरु समेत सेफले बरामद गरेको छ।त्यस्तै केही समय अगाडी २ जना नेपालीहरुले समेत नक्कली बिवाह गरेको बिशेष श्रोतबाट खुल्न गएको छ।

ति दुवै जना नेपालीहरुले १२(१२ लाख रुपैया डिलमा नक्कली बिवाह गरेको खुल्न गएको छ। दुबै नेपालीमध्ये एउटाले आफु विवाहित हुदाहुदै श्रीमतीलाई झुक्याएर अर्कैसंग नक्कली बिवाह गरी नेपालका लागि नयाँ दिल्लीमा रहेको पोर्तुगल सरकारको दुतावासमा पारिवारिक मिलनको लागि आवास अनुमतिको आबेदन दिदा दुतावासले चेकजाँचका लागि आवेदकको नेपालको ठेगानामा सम्पर्क गर्दा घरमा अर्कै श्रीमती भएको फेला परेको छ भने अर्को नेपालीले पनि नक्कली बिवाह गरी १२ लाखको सम्झौतामा पोर्तुगल ल्याउन लागेको पोर्तुगलको दिल्ली दुतावासले फेला पारेको छ। ति दुवै नेपालीहरुको बिवरण दिल्ली दुतावासले पोर्तुगल सरकारको अध्यागमन प्रहरी सेफलाई सूचना दिएपछि दुबैलाई पक्राउ गरिएको बुझिएको छ।नक्कली श्रीमती बनेर युरोप आउने सपना बुन्नेहरुको पैसा डुबेको छ भने, अहिले दुबैजना नेपालीहरु पोर्तुगलमै रहेको र प्रत्येक हप्ता सेफमा तारेख हाजिरी धाईररहेको खबर प्राप्त भएको छ। नक्कली काम हुन थालेपछि दिल्ली एम्बेसीले कडाई गर्दै अब परिवार पुनर्मिलनका लागि आबेदन दिने नेपालीहरुले दिल्लीसम्म धाउनुपर्ने नियम बनाएको छ।गत अक्टोबरमा ६८५ नक्कली बिवाह गराउन सहयोग गरेको अभियोगमा एक पोर्तुगिज नागरिकलाई पक्राउ गरिएको थियो। उनले २०१२ देखि २०१५ को अवधिमा पाकिस्तानी, बंगलादेशी, भारतीय र नेपालीहरुलाई पोर्तुगल र डेनमार्कबाट आयरल्याण्ड लागेर पोर्तुगिज नागरिकहरुसंग जनही १० हजार यूरोमा नक्कली बिवाह गरी युरोपको बैधानिक आवासीय कागज दिलाउने गरेको अनुसन्धानबाट खुल्न गएको छ। त्यसैगरी नक्कली बिवाह गराउन सहयोग गर्ने अर्को गिरोहलाई पोर्तोबाट पक्राउ गरिएको छ जसमा सरकारी अधिकारीहरु समेत संलग्न रहेको पाईएको छ।

आर्थिक अवस्था कमजोर भएका पोर्तुगिज नागरिकहरुलाई लक्षित गरी नक्कली बिवाह गर्ने गिरोह सक्रिय भएको र उनीहरुले प्रति व्यक्ति ७ देखि १० हजार युरो लिने गरेको र बिवाह दर्तामा सहयोग गर्ने सरकारी अधिकारीहरुलाई खाममा हालेर प्रतिव्यक्ति २५० युरो घुस दिने गरेको भेटिएको छ। नक्कली बिवाह दर्ता गरी सहयोग गर्ने १८ जना सरकारी अधिकारीहरुलाई पक्राउ र जागिरबाट बर्खास्त गरिएको छ। नक्कली बिवाह गर्ने कयौ जोडी बिवाह दर्ता गर्दा मात्रै भेटेको अनुसन्धानबाट पत्ता लागेको छ।त्यसैगरी केही समय अघि मात्रै एक जना पोर्तुगिज नागरिकले आप्रवासीसंग पैसामा सम्झौता गरी नक्कली बिवाह दर्ता गर्दा लण्डनमा पक्राउ गरिएको छ।यसघि लिस्बोनमै १५० जनालाई नक्कली बिवाह गरी पोर्तुगलको आवास अनुमाति दिलाउन सहयोग गर्ने गिरोहलाई सेफले पक्राउ गरेको र अदालतबाट ४ बर्षको जेल सजाय तोकेको छ।