मकालु आधार शिविरबाट बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा

११ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
39 Shares


सोलुखुम्बु – हिमपातका कारण तीन दिनदेखि बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा आएका छन् । संखुवासभामा पर्ने मकालु आधार शिविरबाट सम्पर्कविहीन बनेका खुम्बु पासमङल्हामु गाउँपालिका १ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा याङली भन्ने ठाउँबाट सम्पर्कमा आएका हुन् ।उनीहरु बिहीबार साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएको उनीहरुलाई पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिने प्रबन्धक शेर्पाले बताउनुभयो ।

‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही मध्यभागमा पुगेपछि निरन्तर हिमपातका कारण अलपत्र परेको बताइएको छ ।जर्मन–नेपाल फ्रेण्डसिप ट्रेकु नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केको ट्रेकिङ कम्पनीले जनाएको छ ।३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए । उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव