भेनेजुयला राजनितिक संकट

प्रकाशित मिति:

काराकास/वासिङटन (एजेन्सी)-भेनेजुयलामा सरकार विरुद्ध प्रदर्शन भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता जुआन गुएडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाले ज्यान गुमाइसकेको बताइएको छ ।

भेनेजुयलामा हजारौं नागरिक वर्तमान राष्ट्रपति निकोलस माडुरो विरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । जुआन गुएडोे विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् । बुधबार उनले काराकासमा आफैलाई देशको ‘कार्यकारी राष्ट्रपति‘ घोषित गरेका थिए ।

यसै महिना सुरुआतमा निकोलस माडुरोले राष्ट्रपतिका रुपमा आफनो दास्रो कार्यकालको सपथ लिएका थिए । हालै सम्पन्न चुनावमा उनीमाथि मतदानमा धाँधली गरेको आरोप लागेको थियो ।
उनको नेतृत्वमा विगत कयौं बर्षदेखि भेनेजुयला आर्थिक संकटसँग लडिरहेको छ । मृल्यबृद्धी र खाना तथा औषधीको कमीका कारण लाखौं नागरिक भेनेजुयलाबाट पलायन पनि भइसकेका छन् ।