वनेपामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , ट्रिपरमाथि आगजनी

७ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
8 Shares


साउन ७ सवल डेक्स । बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बनेपा बजार तनाव रहेको छ । आर्कोसीत समुहले ट्रिपरमाथि आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया