सुधार केन्द्रमा कुटीकुटी दुब्र्यसनीको हत्या, संचालक सहित २ पक्राउ

प्रकाशित मिति:

काठमाडौ – सुधारकालागि रिह्याव सेन्टरमा बसेका एक लागू औषध दुब्र्यसनीको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले रिह्याव संचालकलाई पक्राउ गरेको छ । ललितपुरको सीतापाखामा रहेको रिह्याव सेन्टरमा उपचारत लागू औषध दुब्र्यसनी सिताराम घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वि केयर लागू औषध  पुनस्थापना तथा सुधार केन्द्रमा राखिएका घिमिरेको कुटपीटबाट मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । केही दिन अघि घिमिरेको मृत्यु भएपनि सुधार केन्द्र संचालकले घटनालाई गुपचुप रुपमा राखेपछि आफन्तको सहयोगमा प्रहरीले केन्द्रका संचालकलाई पक्राउ गरी कारवाही अगाडि बढाएको हो । अत्याधिक लागू औषध सेवनबाट क्रोनिक बनेका घिमिरेलाई परिवारले माघ ३ गते उक्त सेन्टरमा प्रति महिना १५ हजार बुझाउने गरी भर्ना गरेका थिए ।
मृतक घिमिरेको हात, खुट्टा र छातीमा निलडाम र घाउ देखिएपछि छानवीन शुरु गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिनुभयो ।
घिमिरेको शंकास्पद मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालक र मेनेजरलाई पक्राउ गरेको छ भने दुई जना अझै फरार भएका छन । पक्राउ पर्नेमा छिरिङ ग्याल्जेन शेर्पा र सुनील खड्का रहेका छन्।