बानेश्वरमा निषेधित क्षेत्र तोड्ने विवेकशील संयोजक उज्वल थापासहित २५ जना गिरफ्तार

११ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
24 Shares


काठमाडौं – अनशनरत डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न दबाब स्वरूप संसद् भवन बानेश्वर नजिक निषेधित क्षेत्र तोड्न पुगेका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बानेश्वस्थित निषेधित क्षेत्रबाट विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ जना नेता/कार्यकर्ता गिरफ्तार भएका हुन् । यसलाई उनीहरूले स्वैच्छिक गिरफ्तारी भनेका छन् । डाक्टर केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक नआएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरिएको भन्दै डाक्टर केसी अनशनरत छन् । तर संसद्बाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारी तयारी छ । अर्कै मुद्दालाई बहाना बनाएर प्रतिपक्षी कांग्रेसले सदन अवरुद्ध गर्दै आएपनि सत्ता पक्षले जुनसुकै हालतमा विधेयक पारित गर्ने रणनीति लिएपछि त्यसको विरोधमा संसद् भवन बाहिर प्रदर्शन गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

गिरफ्तार हुनेहरूमा विवेकशील नेपाली दलका संयोजक थापा सहित शशिविक्रम कार्की, अजिता राई, डा.दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी लगायत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन