‘टपर’ विद्यार्थीलाई सोझै शिक्षकको जागिर !

प्रकाशित मिति:

काठमाडौं- उच्च शिक्षास्तरिय आयोगले परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सोझै शिक्षक हुन पाउनु  पर्ने सुझाब दिएको छ । कमजोर (१.६५ ग्रेड ल्याएका) विद्यार्थीहरुले मात्रै शिक्षा संकाय अध्ययन गर्ने गरेको भन्दै उच्चस्तरीय शिक्षा आयोगले शिक्षक छनोट विधिमाथि नै प्रश्न उठाएको छ । आयोगले शिक्षक छनोट विधिमा नीतिगत पुनर्विचार गर्न भन्दै १० मेधावी विद्यार्थीहरुलाई अतिरिक्त तालिम र अध्यापन अनुमतिपत्रविना सोझै शिक्षक नियुक्त गर्ने आवश्यक कानुनी र प्रक्रियागत व्यवस्था गर्ने सुझाब दिएको हो ।

त्यसैगरी शिक्षा आयोगले जुन संकाय अध्ययन गरेको भए पनि न्यूनतम तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र पाएकाले शिक्षक तालिम कोर्ष पूरा गरेपछि शिक्षक पदको परीक्षामा सहभागी गराउने पनि सिफारिस गरेको छ ।