विवेकशीलका संयोजक उज्वल थापासहित २५ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौँ /  बिबेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ जनाले गिरफ्तारी दिएका छन् ।डा।गोविन्द केसीका माग र अनसनप्रति समर्थन गर्दे थापासहित उनीहरुले सामुहिक गिरफ्तारी दिएका हुन् ।सामुहिक गिरफ्तारी दिनेहरुमा संयोजक उज्वल थापा, सदस्यहरु शशी बिक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं, अम्बिका कार्की,सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे,सोनम थीमी, लगायत रहेको केसी पक्षका प्रितम सुबेदीले जानकारी दिए । उनीहरु गिरफ्तारी दिन संसदभवन नयाँ बानेश्वर पुगेका थिए ।

बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेका अनुसार डा। केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनमा छिर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।उनले भने,‘डा। गोविन्द केसीसँग १५ औँ अनशनका क्रममा सरकारले गरेको सम्झौता पत्र लिएर संसद भवनमा छिर्न खोज्दा हामीमाथि प्रहरीले दमन गरेको छ । केही साथीहरु घाइते भएका छन् ।’ उनीलाई अहिले भृकुटीमण्डपको नेपाल पुलिस क्लबमा लगिएको छ ।