शाहिद कपुरको फिल्मको सुटिङको क्रममा एक युवकको मृत्यु

प्रकाशित मिति:

यतिबेला नायक शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को सुटिङ मसुरीको एक होटलमा भइरहेको छ । खबरका अनुसार यो फिल्मको सुटिङको क्रममा एक जेनेरेटर अपरेटरको मृत्यु भएको छ ।भारतीय मिडियाका अनुसार मृतक फिल्मको सेटमा जेनेरेटर बनाइरहेका थिए । त्यति नै बेला उनले लगाइरहेको गलबन्दी जेनेरेटरको फ्यानमा अड्कियो जसका कारण उनको टाउको फ्यानमा ठोक्कियो । मृतकको टाउकोमा गम्भीर चोट आएको थियो जसका कारण उनलाई देहरादूनको अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।

मृतकको पहिचान मुजफ्फरनगरको किनोनी गाउँका ३५ वर्षे राम कुमारको रुपमा भएको छ । यसबारे जानकारी दिँदै निरज कठैत भन्छन्, ‘मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको छ र शुक्रबार पोष्टमार्टम गरिनेछ ।’ यो घटनापछि फिल्मको सुटिङ रोकिएको छ ।यो फिल्म तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो र यसमा शाहिखका साथै कियारा आडवाणी मुख्य भूमिकामा हुनेछन् ।