अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

प्रकाशित मिति:

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नाराबाजीसहित अवरोध गरेपनि सभामुख कृष्णबहादुर महराले शिक्षा तथा विज्ञान मन्त्री गिरिराजमणी पोखरेललाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए। कांग्रेस सांसदले पोखरेललाई रोष्ट्रममा जानबाट रोक्ने प्रयास गरेका थिए। तर मर्यादापालकले शिक्षामन्त्री पोखरेललाई रोष्ट्रमसम्म पुयाए। लगत्तै शिक्षा मन्त्री पोखरेलले रोष्ट्रमबाट विधेयक प्रस्तुत गरे। कांग्रेस सांसद नाराबाजी गरिरहँदा सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गरे। सत्तापक्षको बहुमतको आडमा विधेयक पारित भयो। संसदको अर्को बैठक माघ १७ गते बस्नेछ। विधेयकको विरोधमा डा गोविन्द अनसनरत छन्। यसैबीच पेलेर विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले अब संसदमा लड्ने चेतावनी दिएको छ।