चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो : योगेश भट्टराई

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय

प्रकाशित मिति:

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन्। विधेयक पारित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब चिकित्सा शिक्षालाई लिएर डा गोविन्द केसीले कहिल्यै कठोर आन्दोलन गर्नुनपर्ने बताए। अब डा केसीको आन्दोलनमाथि राजनीति गर्नेका दिन गए उनले भने।