तानाशाही प्रवृत्तिमा विधेयक पारित भयो : शेरबहादुर देउवा

बैठकपछि बाहिरिने क्रममा सभापति देउवाले कम्युनिष्टले दुई तिहाइको दम्भ देखाएको बताउनुभयो

प्रकाशित मिति:

काठमाडौं \  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताउनुभएको छ । बैठकपछि बाहिरिने क्रममा सभापति देउवाले कम्युनिष्टले दुई तिहाइको दम्भ देखाएको बताउनुभयो । सभामुख तटस्थ हुनुपर्नेमा सभामुखले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाउनुभयो । सदनमा देखाएको दुई तिहाइको दम्भको सडकबाट जवाफ दिने उहाँले बताउनुभयो । सरकारको एकलौटी व्यवहारको विरोधमा नेपाली कांग्रेस अब देशैभर सडक संघर्षमा उत्रने उहाँले चेतावनी दिनुभयो ।