नवलपरासीका बाढि प्रभाबित बिपन्न समुदायलाई निशुल्क बाख्रा बितरण

प्रकाशित मिति:

नवलपरासी ७ साउन । नवलपरासीका बाढि प्रभाबित बिपन्न परिवारहरुलाई बाख्रा बितरण गरिएको छ । कारितास इन्टरनेशनल र कारितास नेपालको आर्थिक सहयोगमा बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र ( सिडिएम ) नेपाल ले बाढि प्रतिकार्य तथा सिघ्र पुर्नलाभ परियोजना अन्र्तगत प्रतापपुर , सरावल र पाल्हीनन्दन गाउपालीकाका ११८ घरपरिवारलाई निशुल्क बाख्रा बितरण गरेको हो ।

प्रतापपुर गाउपालीकाको नन्दपुरमा ३९ र गुठिपरसौनीमा ६ तथा पाल्हीनन्दन गाउपालीकाको शंकरपुरमा १६ र सरावल गाउपालीकाको मधबलियामा २६ , भुजहवामा १२ रामपुर खडौनामा १३ र नौडिहवामा ६ परिवार गरि ११८ बाढि प्रभाबित बिपन्न परिवारलाई निशुल्क बाख्रा बितरण गरिएको बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र ( सिडिएम ) का प्रबन्ध निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । बाख्रा पालन सम्वन्धी तालिम लिएका उनीहरुलाई प्रति परिवार एक एक बाख्रा गरि ११८ बाख्रा र ४ बोका गरि १२२ बाख्रा बोका निशुल्क बितरण गरिएको हो ।बाढिबाट प्रभाबित र बिपन्न परिवारलाई पशुपालन कार्यक्रम मार्फत जिबिकोपार्जनमा सहयोग पुरयाई आर्थिक अबस्था सुधार गर्न तथा पुर्नलाभमा टेवा पुराउदै सम्मानजनक जिवन जिउने बाताबरण सिर्जना गर्ने उदेश्यले बाख्रा बितरण गरिएको हो ।

स्थानिय विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा प्रतापपुर गाउपालीका प्रमुख राजकुमार सर्मा , वडा नं. ८ गुठिपरसौनिमा वडा अध्यक्ष कादिर अली अन्सारी र वडा नं. ३ सोमनिका अध्यक्ष दिवाकर चौधरी लगाएतले बोल्दै बाख्रा पालनले बाढि प्रभाबित समुदायको आर्थिक उपार्जनमा टेवा पुग्ने बताउनु भएको थियो ।